दोलखामा मच्छिन्द्र नाथ रथ यात्रा पर्व – फोटो फिचर

536589_399963966689933_100000289989713_1473640_544776287_n

दोलखा । चैत्र २८ । आज दोलखामा मच्छिन्द्र नाथ रथ यात्रा पर्वको पाचौँ दिन रथ यात्रा पुखुर्सिबाट टसिचा टोलमा ,भोली टसिचा टोलबाट माथिल्लो स्वयम्भु स्थानमा पुर्‍याइन्छ । दोलखामा मच्छिन्द्र नाथ रथ यात्रा पर्वमा धार्मिक श्रदालु भक्तजनको ओइरो लागेको छ ।

दोलखामा मच्छिन्द्रनाथको रथ तान्न सुरु

मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखामा शुरु

राजेन्द्र मानन्धर, दोलखा, चैत्र २६ – दूधले नुहाएर मूर्तिलाई रथारोहण गर्दै दोलखा बजारमा आइतबारदेखि रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ । बस्ती बिस्तारले साँघुरिँदै गएको बाटो र बिजुलीका तारहरूका कारण रथ तान्न निकै कठिनाइ हुने गरेको छ । चैते पूणिर्माका दिन मच्छिन्द्रनाथलाई दुधले नुहाएपछि शनिबार बेलुका मूर्तिलाई रथारोहण गरिन्छ र त्यसको भोलिपल्टदेखि साताभर रथलाई बजार परिक्रमा गराइन्छ ।

मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखामा शुरु

मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखामा शुरु

दोलखा । चैत्र २६ । आज देखि मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखामा शुरु भएको छ । दुई दिन अघि मच्छिन्द्रनाथलाई दुधमा डुबाएर हिजो रथमा हालेर आज देखि रथ तान्न शुरु गरिएको हो । आज पिङ्गल टोलबाट नक्छे टोल सम्म रथ यात्रा गरिएको छ । यसरी नक्छेबाट ड्वाकुछत्र, ड्वाकुछत्र बाट टसिचाटोलमा, टसिचाबाट माथिल्लो टोल स्वम्भुथानमा, त्याँहाबाट दुङ्गलटोलमा, दुङ्गलबाट पिङ्गलसम्म रथ तानेपछि पिङ्गलबाट रथबाट मच्छिन्द्रनाथको मूर्तिलाई निकालेर डोकुलुङामा भित्र्याइन्छ ।

कवि न्यौपानेको एकल कविता बाचन

IMG_1473

ललितपुर ।चैत्र २५। दोलखाली कवि एवं पत्रकार भोजराज न्यौपानेले शुभारम्भ दि म्यूजिकल जर्नीद्धारा आयोजित कबिता बाचन कार्यक्रममा शनिवार डेड दर्जन कविता वाचन गर्नुभयो । दुई दशक देखि पत्रकारितामा संलग्न न्यौपानेले कविता मार्फत समसामयिक, मानबिय सम्बेदना र मनोबिज्ञानलाई मज्जाले पस्केका थिए ।

माओवादीका उपाध्यक्ष वैद्य समुहले दोलखामा छुटै समुह गठन

चैत्र २० । नेकपा माओवादी उपाध्यक्ष मोहन बैद्य समुहले दोलखामा पनि क्रान्तीकारी विचार समुह गठन गरेर छुटटै राजनितिक अभियान सुरु गरेको छ । समुहको तर्फबाट पत्रकार सम्मेलन आयोजना गदै पार्टी जिल्ला कमिटीले गरेका विभिन्न गतिविधी विरुद्ध ९ वुदे आरोप सार्वजनिक गरेको छ ।

दोलखाको जिरीमा हिजोबाट जिरी महोत्सब शुरु

जिरी महोत्सब शुरु
दोलखा उद्योग बाणिज्य संघ, जिरी शाखाको आयोजनामा दोलखाको जिरीमा आज बाट ३ दिने जिरी महोत्सब–२०६८ सुरु भएको छ । महोत्सब पशु तथा कृषि सेवाको प्राङ्गणमा सुरु भएको छ । नेपालको स्वीट्जरल्याण्ड, सगरमाथाको प्रबेशद्धार, प्रकृतिको काखमा, मौलिक उत्पादनको उपहार, भन्ने नाराका सुरु भएको महोत्सबमा ३० ओटा स्टल राखिएको महोत्सब मूल आयोजक समितिका अध्यक्ष मधुकुमार कार्कीले बताउनुभयो ।

वर्तमान सरकार शान्ती र संविधान विरोधी भएको एमाले नेता ओलीको आरोप

kepi oli

चैत्र ११। नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले वर्तमान सरकार शान्ती र संविधान विरोधी भएको आरोप लगाउनुभएको छ । नेकपा एमाले दोलखाको क्षेत्र नं २ को दोस्रो क्षेत्रिय सम्मेलनलाई सिङ्गटीमा सम्वोधन गर्दै नेता ओलीले यो सरकारले शान्ती प्रकृया टुङ्गयाउन नचाहेको र संविधान निर्माण पनि ओझेलमा पारेको भन्दै तत्काल राष्ट्रिय सहमतीको सरकार वन्नु पर्ने वताउनुभयो ।

संविधानसभाको कार्यकाल सर्वाच्चले जनताले गर्ने – महान्यायधिवक्ता प्रधान

महान्यायधिवक्ता मुक्ति प्रधानले नयाँ संविधान जारी नहुञ्जेलसम्म संविधानसभा भंग नहुने बताउनुभएको छ । मानव अधिकार संरक्षण तथा संविधान निर्माणका लागि दबाब संजालले बागलुङमा गरेको कार्यक्रममा महान्यायधिवक्ता प्रधानले संविधानसभाको कार्यकाल सर्वाच्च अदालतले नभई जनताले निर्धारण गर्ने बताउनुभयो । ‘संविधानसभाको कार्यकाल सर्वोच्चले तोक्ने कुरा होइन जनताले निर्धारण गर्ने विषय हो’, संविधानसभाको कार्यकाल सम्बन्धी सर्वोच्चको फैसलाप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘संविधानसभा राजनीति र कानुनसँग सम्बन्धित हो । त्यसैले यसको म्याद पनि जनताले नै निर्धारण गर्छन् ।’

जयइन्द्र सिंह देबको सालिक अनावरण सम्पन्न

जयइन्द्र सिंह देबको सालिक अनावरण सम्पन्न

दोलखा । आज नेपालमा चाँदीको सिक्का सर्वप्रथम प्रचलनमा ल्याउने राजा जयइन्द्र सिंह देबका सालिक एक भब्य कार्यक्रम बिच दोलखाको पाखलतीमा अनावरण सम्पन्न भयो । सालिकको अनावरण गर्भरनर युवराज खतिवडाले गर्नुभयो ।

डाङडुङे डाँडामा फिल्म नगरी

डाङडुङे डाँडामा फिल्म नगरी

– राजेन्द्र मानन्धर , दोलखा, चैत्र ६ – मृगले बुर्लुक्क उफ्रिँदै बाटो काट्यो । खरायोहरू एकपछि अर्को गर्दै चौरबाट घारीतिर पसे । प्रस्तावित फिल्म नगरी क्षेत्रमा तीन दिनअघि पुग्दा खुला चिडियाघरमा पुगेको अनुभूति भयो । रमणीय घाँसे मैदानमा हिउँ अझै पग्लेको थिएन । सर्वोच्च शिखर सगरमाथा देखिने दादर डाँडासम्म फैलिएको सल्लाका रूखहरूले पनि हिउँ ओढेका थिए ।