Archive for the ‘News’ Category

अन्तराष्ट्रिय चलचित्र कार्यशाला सुरु

अन्तराष्ट्रिय चलचित्र कार्यशाला सुरु

दोलखा । नेपाली चलचित्रमा समाजका विषय वस्तु सामाजिक परिवेश र पात्रहरुको खोजि अभियान अन्र्तगत दोस्रो अन्तराष्ट्रिय चलचित्र कार्यशाला दोलखामा भएको छ । चलचित्र निर्देशक समाज नेपालले आयोजना गर्ने उक्त कार्यशालामा ७० जना विदेशी तथा स्वदेशी लेखक निर्देशकको सहभागिता भएको चलचित्र निर्देशक समाजका अध्यक्ष केपि पाठकले बताउनु भयो ।

बाटोमा आउदा आउदै एक विरामीको बसमा नै मृत्यु

माघ १९ ।  काठमाडौ बाट दोलखा जिरी आउदै गरेको अरनिको यातायातको बसमा आज विहान एक विरामी व्यक्तिको मृत्यु भएको छ । काठमाडौको छाउनी आर्मी अस्पतालमा उपचार गरि फर्किएको भुपु आर्मी भएको रामेछापको चुचुरे गाविस वडा नं ३ बस्ने चेतबहादुर कार्कीको सिटमा बसिरहेको अवस्थामा सिन्धुपाल्चो खाडिचौर आइपुग्दा मृत्यु भएको हो ।

दुई साहित्यिक पुरस्कार वितरण

पत्रकार मास्केद्धारा जन्मदिनको अवसरमा पुस्तक प्रकाशन, दुई साहित्यकारलाई सम्मान

दोलखा । दोलखामा यस वर्ष मात्र स्थापना भएको दुई साहित्यिक पुरस्कारबाट माघ १ गतेका दिन दुई श्रष्टा सम्मानित भएका छन् । भर्खरै स्थापना भएको तुलषीदेवी रेडियो साहित्य सम्मानबाट सञ्चारकर्मी जीवन लामा सम्मानित हुन भएको छ ।

पत्रकार मास्केद्धारा जन्मदिनको अवसरमा पुस्तक प्रकाशन, दुई साहित्यकारलाई सम्मान

दोलखा । साहित्यकार, पत्रकार एवम नागरिक समाजका संयोजक चिरिञ्जीवी मास्केले आफनो जन्मदिनको अवसर पारेर आज प्रदेय नामक पुस्तक प्रकाशन गर्नुभएको छ । पूस्तकको आज एक कार्यक्रमका बीच दोलखाका अग्रज साहित्यकार चोकबहादुर दाहालले विमोचन गर्नुभयो ।

आज एमाले दोलखाको सुद्धिकरण तथा जन परिचाल अभियान

दोलखा । एमाले दोलखाको दुई दिने पार्टी सुद्धिकरण तथा जन परिचालन अभियान आज सम्पन्न भएको छ । सामुहिक व्यवसाय मार्फत पार्टी कार्यकर्ता र सर्व साधारणको आर्थिक विकासबारे छलफल गर्न आयोजित कार्यक्रममा पार्टीका २ सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।

रामेछापमा फस्टाउँदै छ ढाकाको कपडा बुन्ने उद्योग

काठमाडौ। नेपाली कपडाको भाउ छैन भन्दै नेपालको आफ्नै मौलिक उत्पादन ढाकाको कपडा बुन्न छोड्नेहरूको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको बेला रामेछापमा भने दिनप्रतिदिन यसको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भईरहेको छ । ढाका बुनाईको सिप छ जहाँ,सुन्दर भविष्य छ वहाँ भन्ने नारालाई अगाडि सारेर रामेछापको ओख्रेनी ६ मा ढाकाको कपडा बुन्ने उद्योगको विकास गरिएको छ ।

रहस्यमय मृत्युलाई आत्महत्या घोषणा बारे एमाले दोलखाको आरोप

दोलखा । फस्कु घटनालाई लिएर एकिकृत माओवादीले रहस्यमय मृत्युलाई आत्महत्या भन्दै अनुसन्धान प्रभावित पार्न खोजेको नेकपा एमाले दोलखाले आरोप लगाएको छ । माओवादीले रहस्यमय मृत्युलाई आत्महत्या घोषणा गरेर आफना नेता जोगाउन खोजेको समेत एमाले दोलखाले आरोप लगाएको छ ।

अरनिको यातयात सुचारु

दोलखा । यात्रुहरुको समस्यालाई मध्यनजर गदै आज बिहान देखी अवरुद्ध गरेको अरनिको राजमार्ग सुचारु भएको छ । अरनिको यातयातका अध्यक्ष केदार क्षेत्री, पदाधिकारीहरु, बन्द कर्ता र स्थानीय प्रशासन बीच बीच अहिले वार्ता भइरहेको वार्ता भइरहेको र यात्रुहरुको समस्यालाई ध्यानमा राखेर लागी यातयात सुचारु गरेको अरनिको पिडित सघर्ष समितीले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयमा २ घण्टा धर्ना

दोलखा । आफ्ना विभिन्न ५१ सुत्रिय मागसहित नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्च दोलखाले संयुक्त रुपमा आज जिल्ला शिक्षा कार्यालयमा २ घण्टा धर्ना कार्यक्रम आयोजना गरेका छन । नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष शंकरलाल श्रेष्ठ र शैक्षिक गणतान्त्रिक मञ्च दोलखाका संयोजक अवतारेश्वर ढकालको नेतृत्वमा धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।