Archive for the ‘Article’ Category

दोलखाको इतिहास

दोलखा राज्यका किरातवंश, लिच्छविवंश, पात्रवंश र मल्ल एवं शाह वंशीय राजाहरुले राज्य गरेको भनिन्छ । तर किरातवंश, लिच्छवि राजाहरुको नाम अभिलेख भेटाउन सकिएको छैन । पाशवंशका राजाहरुको केही अभिलेख भेटिएबाट तिनीहरुको शासनकाल कार्य सम्वन्धमा निम्न अनुसार प्रस्तुत गरिएको छ ।

दोलखामा पत्रकारिताको विद्यमान अवस्था र आगामी चुनौतिहरु

laxman-Khadka

– लक्ष्मण खड्का पृष्ठभूमि यो जमाना सूचना र सञ्चारको जमाना हो । मुलुकको विकासको चरणलाई मापन गरेर हेर्ने निश्चित आधारहरु भित्र सञ्चार क्षेत्रलाई पनि एउटा आधार मानिन्छ । त्यसैले मुलुकको समग्र विकासमा सञ्चार क्षेत्रको अग्रणि भूमिका रहेको हुन्छ । सञ्चार र विकास एउटा सिक्काको दुई पाटा झैं भएको छ, अहिलेको जमानामा ।

लेख्य दोलखाली भाषाको विकासक्रममा ‘माँये खोबी’

Amar kumar Pradhan

– अमरकुमार प्रधान महाभारतकालीन पाँच पाण्डवहरु कौरवहरुसँग जुवा खेल्दा हारेको शर्त मध्ये १२ वर्षको वनवास पछि १ वर्ष गुप्तवास बस्दा बोलेको भाषा भन्ने स्थानीय जनश्रुति रहेको दोलखाली नेपाल भाषाको मौलिक अस्तित्व छ । बोलिचालीमा जीवन्त यो भाषाको प्रकाशित लेख्य रुप भने सबभन्दा पहिले दोलखाको ऐतिहासिक रुपरेखा (ले.धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, नेपाल–एशियाली अध्ययन संस्थान २०३१) [...]

जून र दिनकरसँगको दोलखायात्रा– नियात्रा

dhirkumar

– धीरकुमार श्रेष्ठ दशैंको अगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृति बिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर उहाँको भेट बुबासँग हुन सकेन । निराश भएर मेरी आमा फर्केकी खबर [...]

अन्धोको आँखाबाट दोलखा

~ सगुन श्रेष्ठ भीनपा-२, दोलखा अन्धोहरुको आँखाबाट दोलखा कस्तो होला – यो मेरो यक्ष प्रश्न हो । साच्चै, मेरो आमाको काखमै हुर्किएर पनि आमालाई राम्ररी चिन्न सकेको छैन मैले । सायद उहाँको काखलाई राम्ररी चिन्न् सकेको हुनसक्छु तर उहाँको शिर र पाऊ अझै मेरो अज्ञानताबाट टाढा छैनन् । मलाई थाहा छ, म जस्तै धेरै बन्धुहरु [...]

Dolakha Tourism

DOLAKHA one of the high historical, natural, adventures, religious, importance touristic place lies 130km east of Kathmandu. We first reach Kharidhunga 110 km from Kathmandu from where one can get splendid views of Himalayan range. Kharidhunga, located about 2660m above the sea level, boasts one of the world’s best magnesite deposits.

चाँदीको मोहर चलाउने प्रथम दोलखाली राजा इन्द्रसिंह देव

–अमरकुमार प्रधान काठमाडौं उपत्यकामा चाँदीको मोहर प्रथम पल्ट चलनमा ल्याउने राजा कान्तिपुरका महेन्द्रमल्ल भएकाले मोहरलाई महेन्द्रमल्ली पनि भनियो र वंशावलीले उल्लेख गरे अनुसार महेन्द्र मल्लले भारतका कुनै मुसलमान सम्राटकहाँ शिकारी बाज र राजहंस उपहार चढाएकोले सम्राट खुशी भई महेन्द्र मल्ललाई चाँदीको टक छाप्न अनुमति दिए भन्ने धारणा लिइयो ।

दोलखा जिल्लाको प्रमुख पर्यटकीय स्थलहरुको परिचय

– अनुप श्रेष्ठ जनकपुर अञ्चलको सुन्दर जिल्ला दोलखा राजधानीबाट १३३ कि.मि.को यात्रा पछि पुग्न सकिन्छ । करिब ७,१३४ मीटर अग्लो गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्ला साँच्चिकै प्रकृतिको ताज पहिरी रहेको भान हुन्छ । गौरीशंकर हिमाललाई पौराणिक समयमा पार्वती र शिवको क्रिडास्थलको रुपमा पनि हेरिन्थ्यो । साथै नेपालको प्रामाणिक समय यही हिमाललाई मापन गरिएको      छ [...]

कठैबरा, कठाङग्रिएछ यो काठमाण्ठौं

– मोहन चापागाई ए दाइ। एक रुपिंया दिनुस्न । जय शम्भो। दया गर शम्भो ।। ए दाई अलि पर सर्नुस्न भन्या । पैसा भए पो किन्नु । नसक्नेले किन सोध्नु ? काठमाडौं देशको राजधानी । काठमाडौं काठमहलदेखि कठघरासम्म पुगिने ठाँउ । स्वर्ग देखि नर्क, मसलादेखि मसाजसम्म पाइने ठाउ । राजादेखि रंक, रोगीदेखि भोगी, जोगीदेखि शौखि, [...]

दोलखाको मच्छिन्द्रनाथ जात्रा

तीर्थनारायण जोशी दोलखा पूर्वकालदेखि चाडपर्व, जात्रा मनाएर मनोरञ्जन लिई रहने नेवारी समाजले आफ्नो समुदाय जहाँ जसरी बसी रहेता पनि परापूर्व काललाई सम्झना दिलाउन विभिन्न चाडपर्व्, जात्रा मनाउदै आइरहेको पाइन्छ । ऐतिहासीक पृष्ठ भुमीका धनी मानिएका नेवारी जाती आफ्नो परम्परागत जात्रा, चाडपर्व, आधुनिक यूगले छाइ सकेता पनि हालसम्म त्यही ढंगले मनाउदै आइरहनुमा यसको एउटा विशेषता भन्नु [...]