Archive for the ‘Article’ Category

प्राविधिक शिक्षाको आवश्यक्ता

379776_144386465666057_100002841120081_170869_1372521088_n

– नोर्की शेर्पा विश्वको विकासन्मुख राष्ट्रहरु मध्येको एक नेपाल आर्थिक, शैक्षिक, राजनीतिक, विकास लगायत हरेक क्षेत्रमा पछि परेको छ । यस मुलुकको शैक्षिक स्थितिलाई लेखाजोखा गर्दा अन्य राष्ट्रको दाँजोमा अत्यन्तै दयनीय अवस्थामा रहेको छ । अझै सम्म पनि कैयौ बालबालिकाहरु शिक्षाको उज्यालो ज्योतीबाट बन्चित हुन बाध्य छन् । अवसर पाएकाहरुले पनि विद्यालयबाट होस् वा महाविद्यालयबाट [...]

वास्तवमा धर्म

som shrestha

–  सोमकृष्ण श्रेष्ठ बिश्वका अधिकांश मान्छेहरू कुनैन कुनै हिसाबले कुनैन कुनै धर्ममा आबध्द भएको पाइन्छ । हाल बिश्वमा हिन्दु, इस्लाम, क्रिष्ट्चीयन र बुध्द धर्म बहु संख्यकले मान्दै आएका छन् । हरेक धर्मालम्वीले आफू आबध्द भएको धर्म नै सहि र अरू धर्म गलत भन्ने आरोप प्रतिआरोप हाल सम्म पनि गरिरहेको पाइन्छ । जस्ले गर्दा धार्मिक छुवाछुत, [...]

खोला सबै झोलामा

खोला सबै झोलामा

– दिनेश बस्नेत नेपालमा झण्डै ६ सय बढी सानाठुला नदीनाला छन् । तिब्र बेगमा बग्ने भएकाले सबै नदीनाला विद्युत उत्पादनका लागि योग्य छन् । तर, देश हरेक हिउँदयाममा १४ देखि १६ घण्टा अन्धकारमा बस्न बाध्य छ । जब लोडसेडिङ सुरु हुन्छ, तत्काल विद्युत उत्पादन सुरु गर्ने चर्का भाषणहरुले सञ्चार माध्यम भरिन्छन्  । तर छेपाराको उखानझैं [...]

सङ्घीयताका पूर्व सर्त

– डा. टीकाराम पोखरेल नेपाल अहिले नयाँ संविधान निर्माणको चरणमा छ । संविधान निर्माणका सवालमा प्रमुख राजनीतिक दलहरू बीच धेरै विषयमा मत मिलिसकेको भए पनि राज्यको शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली जस्ता विषयहरूमा अझै मत मिल्न सकेको छैन । यीमध्ये पनि सबैभन्दा जटिल विषय चाहिँ राज्यको पुनःसंरचना नै देखिएको छ ।

फूलको आँखामा फूलै संसार– समीक्षा

(रूसमा नेपाली बौद्धभिक्षुणी आनी छोइङ्गको आत्मजीवनी प्रकाशित) रूसी भाषामा पनि नेपाली बौद्धभिक्षुणी आनी छोइङ्ग द्रोल्माको आत्मजीवनी ‘चिन्हाङ्किता’ शीर्षक बोकेर प्रकाशित भएको छ । लाउरेन्स ड्रेविलको सहयोगबाट फ्रेन्च भाषामा LA VOIX POUR LA LIBERTE  (मुक्तिका लागि मेरो आवाज) भन्ने शीर्षकमा प्रकाशित यस पुस्तकको रूसी अनुवाद ए. कोल्याबिनाबाट गरिएको हो । ख्यातिप्राप्त नेपाली भिक्षुणी गायिकाको २४० पृष्ठ [...]

दुईदिन हिंडेर काठमाण्डौं आउँदा– अनुभूति

bhojraj-neupane

– भोजराज न्यौपाने हिउँदको मौशम । तुषारोले ढपक्कै ढाकेको बाटो । जवर्जस्ती खुलाइएका आँखा । राँकोको उज्यालो । एउटा ठूलै दलबल सहित चरिकोटबाट उकालो लाग्दाको रोमाञ्चक क्षण साँच्चीकै गजबको थियो ।

स्वास्थ्य र रेचन

Dr.Adarsha

– डा.आदर्श प्रधान अहिले विश्वमै मानिसहरु स्वास्थ्य प्रति बढि सचेत हुन थालेका छन् । जति जति अत्याधुनिक अस्पातलहरु बानिरहेका छन्,त्यतिकै अनुपातमा मानिसहरुलाई नयां नयां रोग लाग्ने क्रम पनि बढिरहेको छ । धेरै जसो रोगीहरु अस्पताल गएर पनि रोग ठिक भएको पाइदैन् । अस्पातलमा अत्याधुनिक उपकरणहरुबाट रोगको परिक्षण त हुन्छ तर रोगीको रोग निदान अत्यन्त न्युन [...]

शुभ-कामना ! दोलखाली आदर्शहरुलाई

sunil maskey

– डा. सुनिल मास्के मैले “कोरियाको दुई रात, राष्ट्रियताको दह्रो पाठ” शिर्षकमा एउटा लेख लेखेको थिएँ र यस लेख आर्थिक अभियान राष्ट्रिय दैनिकले प्रकाशित गरि दियो। यो लेख मैले आफ्नो फेस बुकमा पनि लिङ्क गरि दिएँ। डा. आदर्श प्रधान भाईले यो लेख पढेछन र मेरो फेसबुकमा कमेन्ट पनि गरि दिएछन्। साथ साथै दोलखा डट कमको लागि एउटा [...]

पहिलो चाँदीको मोहर (सिक्का) चलाउने राजा जय ईन्द्रसिह देव

coin

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्ला नेपाल अधिराज्य भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको [...]

समृद्व बन्दैछ सिङ्गो जिल्ला

स्थानीय नेताहरूको एकमत र जिल्लावासीको इमानदार प्रयासले हिमाली जिल्ला भएर पनि दोलखा समृद्ध आर्थिक गतिविधिको केन्द्र बन्दैछ। – सरोज दाहाल र प्रभात भट्टराई, दोलखाबाट फर्केर