दोलखा । आज नेपालमा चाँदीको सिक्का सर्वप्रथम प्रचलनमा ल्याउने राजा जयइन्द्र सिंह देबका सालिक एक भब्य कार्यक्रम बिच दोलखाको पाखलतीमा अनावरण सम्पन्न भयो । सालिकको अनावरण गर्भरनर युवराज खतिवडाले गर्नुभयो । उक्त कार्यक्रममा दोलखा पर्यटन बोर्डका अध्यक्ष बैकुण्ठनारायण प्रधानले जयइन्द्र सिंह देबको योगदानको बारेमा जानकारी दिनुभयो । Photo: Mridu ...
चैत्र २६ देखि मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखामा शुरु भएको छ । यसरी नक्छेबाट ड्वाकुछत्र, ड्वाकुछत्र बाट टसिचाटोलमा, टसिचाबाट माथिल्लो टोल स्वम्भुथानमा, त्याँहाबाट दुङ्गलटोलमा, दुङ्गलबाट पिङ्गलसम्म रथ तानेपछि पिङ्गलबाट रथबाट मच्छिन्द्रनाथको मूर्तिलाई निकालेर डोकुलुङामा भित्र्याइन्छ ।
Photo By– Shivajee Pradhan
दोलखा नेपाल भाषाबाट प्रकाशित नेपाल भाषा पत्रिका बाँपिझ्याला पढनु होला । दोलखा जिल्लाको प्राकृतिक, धार्मीक, साँस्कृतिक, पर्यटकिय स्थलहरु, त्यस्तै ऐतिहासिक ठाउँहरुको बारेमा खोजमुलक लेख, समाचार अनि बिभिन्न चाडपर्व रहन सहन अनि बिचार, विश्लेषण र चिनारीको बारेमा जानकारी लागि.........। जसले गर्दा तपाईहरु विश्वको कुनै पनि मुलकुमा बस्नुस यसले दोलखा जिल्लाको साथै दोलखा शहरको ताजा यादको लागि सहयोग गर्नेछ भन्ने अपेक्षा गरेका छौ ।
–बाँपिझ्यला खलक