कालिञ्चोक डेभलपमेण्ट वैक लिमिटेडको स्थापना

कालिञ्चोक डेभलपमेण्ट वैक लिमिटेडको स्थापना

– सुबास योन्जन
दोलखा । कात्तिक, ३०  । दोलखालाई केन्द्रिय कार्यालय वनाएर कालिञ्चोक डेभलपमेण्ट वैक लिमिटेडको स्थापना भएको छ । दोलखा ,रामेछाप र सिन्धुलीका उद्योगि व्यापारीहरुको एक समुहले सो वैक को स्थापना गरेका हुन । वैकको हालको चुक्ता पुजी ५ करोड १० लाख रहेको जनाएको छ । वैकले वुधवार पत्रकार भेटघाट कार्यक्रम गरी यस विषयमा जानकारी दिएको हो ।

कार्यक्रममा वोल्दै सञ्चालक समितिका अध्यक्ष आत्माकृष्ण श्रेष्ठले बैकले साना जलविद्युत आयोजना,कृषि उत्पादन तथा पवद्र्धन,लघुवित्त,पर्यटन,युवा स्व–रोजगार तथा साना उद्योगहरुको प्रबर्धन र विकासका क्षेत्रमा कार्य गर्ने वताए । वैकको अधिकृत पूँजी तीस करोड,जारी पूँजी दश करोड र चुक्ता पूँजी पाच करोड दश लाख रहेको छ । यस्तै संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधरण शेयर ४९ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंक वाट ख वर्गको ९३ औ बैकको रुपमा ईजाजत प्राप्त यस वैकले यसै आर्थिक वर्ष भित्र दोलखाको २ स्थान,रामेछाप र सिन्धुलीमा एक ÷एक वटा गरी ४ स्थानमा शाखा कार्यालय स्थापना गर्ने वैक सञ्चालक समितिका सदस्य रुद्रवहादुर खण्डकाले जानकार दिए ।  हाल वैकको २०४ जना संस्थापक शेयरधनी रहेका छन् । वैकको यहि मंसिर ५ गते नेपाल राष्ट्रवैक का गभर्नर डाक्टर युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

source: कालिन्चोक एफ.एम

Share
You can leave a response, or trackback from your own site.

One Response to “कालिञ्चोक डेभलपमेण्ट वैक लिमिटेडको स्थापना”

  1. Bhim Bahadur Khatri says:

    Good news for Dolakhalis people.

Leave a Reply