सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका धार्मिक तथा पर्यटकिय महत्वका स्थानहरुको भ्रमण हेलिकप्टर चढेर गर्ने मौका सिन्धुपाल्चोक महोत्सवका अवसरमा जुरेको छ। सुन्दर पर्यटकीय गाउँ हेलम्बु, धार्मिक तथा पर्यटकिय महत्वका पाँचपोखरी र भैरवकुण्ड, ऐतिहासिक दुगुनागढी किल्ला जस्ता प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण सिन्धुपाल्चोक भ्रमणमा निस्कन चाहनेहरुका लागि यो सुनौलो अवसर हो।
Archive for November, 2011
त्याग
– कृष्ण के श्रेष्ठ “काल्स” बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनि दिनु न ल, अनि खसी पनि काट्नु पर्छनी यो पाली त । दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिड्दै गरेको बेला भन्छिन । सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको देखेर होला उनलाई पनि यो दशैंमा नयाँ लुगा [...]
गजल
–अनुप श्रेष्ठ चोखो माया दिन्छौं भन्ने मेरो साथ तिम्रै निम्ति हृदयको वहाब अनि मनका चाहत तिम्रै निम्ति ।
वास्तवमा धर्म
– सोमकृष्ण श्रेष्ठ बिश्वका अधिकांश मान्छेहरू कुनैन कुनै हिसाबले कुनैन कुनै धर्ममा आबध्द भएको पाइन्छ । हाल बिश्वमा हिन्दु, इस्लाम, क्रिष्ट्चीयन र बुध्द धर्म बहु संख्यकले मान्दै आएका छन् । हरेक धर्मालम्वीले आफू आबध्द भएको धर्म नै सहि र अरू धर्म गलत भन्ने आरोप प्रतिआरोप हाल सम्म पनि गरिरहेको पाइन्छ । जस्ले गर्दा धार्मिक छुवाछुत, [...]
बौद्धिक सम्पत्ति अधिकार विषयक गोष्ठी सम्पन्न
चरिकोट, २ मंसिर । बौद्धिक सम्पतीको अधिकार सम्वन्धी दोलखाको सदरमुकाम चरिकोटमा एक दिने गोष्ठी सम्पन्न भएको छ ।घरेलु तथा साना उद्योग विभागको आयोजनामा शुक्रबार शुरु भएको गोष्ठीको जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेप्रसाद भट्टराईले उद्घाटन गरे ।
कालिञ्चोक डेभलपमेण्ट वैक लिमिटेडको स्थापना
– सुबास योन्जन दोलखा । कात्तिक, ३० । दोलखालाई केन्द्रिय कार्यालय वनाएर कालिञ्चोक डेभलपमेण्ट वैक लिमिटेडको स्थापना भएको छ । दोलखा ,रामेछाप र सिन्धुलीका उद्योगि व्यापारीहरुको एक समुहले सो वैक को स्थापना गरेका हुन । वैकको हालको चुक्ता पुजी ५ करोड १० लाख रहेको जनाएको छ । वैकले वुधवार पत्रकार भेटघाट कार्यक्रम गरी यस विषयमा जानकारी [...]
खोला सबै झोलामा
– दिनेश बस्नेत नेपालमा झण्डै ६ सय बढी सानाठुला नदीनाला छन् । तिब्र बेगमा बग्ने भएकाले सबै नदीनाला विद्युत उत्पादनका लागि योग्य छन् । तर, देश हरेक हिउँदयाममा १४ देखि १६ घण्टा अन्धकारमा बस्न बाध्य छ । जब लोडसेडिङ सुरु हुन्छ, तत्काल विद्युत उत्पादन सुरु गर्ने चर्का भाषणहरुले सञ्चार माध्यम भरिन्छन् । तर छेपाराको उखानझैं [...]
दोलखा जिल्लाको पर्यटन विकासका लागि गुरु योजना बन्ने
काठमाडौ । २९ कार्तिक। नेपाल भ्रमण वर्षका सन्दर्भमा दोलखा जिल्लालाई धार्मिक साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजनाअन्तर्गत विकास गरिने भएको छ। दोलखा जिल्ला एकीकृत पर्यटन व्यवस्थापन नीति तथा योजना तर्जुमा विषयक मंगलबार आयोजित छलफल कार्यक्रमका सहभागीहरुले सो जानकारी दिएको हो।
बस सुनकोशीमा खस्दा १ जनाको मृत्यु, २० जना घाइते
सिन्धुपाल्चोक ,२७ कात्तिक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेबाट काठमाण्डुतर्फ आइरहेको यात्रुबाहक बस अरनिको राजमार्ग अन्तर्गत साँगाचोक गाविस वडा नम्बर १ को ६५ किलो भन्ने स्थानबाट सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार दोलखा जिल्ला लापिङ गाविस वडा नम्बर २ का ३२ वर्षिय अर्जुन खड्का रहेका छन् ।
सङ्घीयताका पूर्व सर्त
– डा. टीकाराम पोखरेल नेपाल अहिले नयाँ संविधान निर्माणको चरणमा छ । संविधान निर्माणका सवालमा प्रमुख राजनीतिक दलहरू बीच धेरै विषयमा मत मिलिसकेको भए पनि राज्यको शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली जस्ता विषयहरूमा अझै मत मिल्न सकेको छैन । यीमध्ये पनि सबैभन्दा जटिल विषय चाहिँ राज्यको पुनःसंरचना नै देखिएको छ ।

Posted in











