Archive for March, 2011

हामी अपाङ होईनौ हाम्रो भाषा मात्र फरक हो

दोलखा / सरकारले आफूहरुलाई अपाङ्ग भनेको प्रति आपत्ति जनाउँदै दोलखाका श्रवणशक्ती गुमाएकाहरुले सपाङ्ग भएको दावि गरेका छन् । दोलखाको सदरमुकाम चरिकोटमा सुरु भएको बहिरा महिला तथा युवाहरुको लागि अधिकार जनसेचतना संस्थागत विकास तालिम तथा खेलकुद कार्यक्रमका सहभागी उनीहरुले यस्तो बताएका हुन् ।

न्युनतम शर्त मापनमा दोलखाका २५ गाविस मात्र सफल

दोलखा । दोलखाका ५१ गाविस मध्य न्युनतम शर्त मापनमा २५ गाविस मात्र सफल भएका छन् । जिल्ला विकास समिति दोलखाले मुल्यांकनकर्ता खटाएर गाविसहरुको विभिन्न गतिविधि र क्रियाकलापमा आधारित न्युनतम शर्त मुल्यांकन गरेको थियो । आर्थिक वर्ष २०६६÷६७ मा गाविसले गरेको क्रियाकलापको मुल्यांकनमा २६ गाविस असफल भएका छन् ।

अस्ताउनु भयो भाषाविद् तथा साहित्यकार त्रिपाठी

काठमाडौ। साहित्यकार तथा भाषाविद् जगन्नाथ त्रिपाठी आफ्नो नेपाली साहित्याकाशलाई सून्य पारेर यस लोकबाट बिदा लिनुभएको छ । ‘कीर्तियश्य स जीवती’ विद्वान् सर्वत्र पूज्यते, मनो ही महता धनम्’ भन्ने श्लोकलाई अनुसरण गर्दै साहित्यिक यात्रामा पु¥याउनु भएको उहाँको योगदान कृति सदा अविस्मरणिय रहेको छ । अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति–२०६७ लगायत २४ वटा नागरिक सङ्घसंस्थाका तर्फबाट गत [...]

एउटा “आपोकालिप्सिस” ढाल्नुछ

-  मधु माधुर्य ( हाल : रसिया) एक्लो सगरमाथा - ठिंग उभिनुको कुनै अर्थ छैन अब पग्लेर थुप्रै हिमालहरु वागमती ‘टुकुचा’ बगिरहेछ …

भाषाविद् तथा साहित्यकार त्रिपाठीको निधन

भाषाविद् तथा साहित्यकार जगनाथ त्रिपाठीको ८१ वर्षको उमेरमा आज बिहान आफ्नै घरमा निधन भएको छ । दुई वर्षदेखि दुवै मिर्गौलाले काम नगरेपछि साहित्यकार त्रिपाठीलाई हप्ताको दुईपटक डायलसिस गरेर बाँच्दै आउनुभएको  थियो । दोलखा जिल्लाको सुनखानी गाविसमा विसं १९८६ वैशाख ८ गते जन्मनुभएका साहित्यकार त्रिपाठीले औपचारिकरुपमा २१ वर्षको उमेरमा भारतबाट औपचारिक शिक्षा लिनुभएको थियो ।

दोलखाबारे तस्बिर प्रदर्शनी

दोलखा, चैत्र ६ – स्विस फोटोग्राफर  बर्गर र अन्य फोटोग्राफरका तस्बिरहरू रहेको ‘दोलखा हिजो र आज’ तस्बिर प्रदर्शनीको उद्घाटन स्विस राजदूत थोमस गासले गरे । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको नेपाल पर्यटन वर्ष २०११, पत्रकार अभियान कार्यक्रमअन्तर्गत आयोजित तीनदिने तस्बिर प्रदर्शनीमा फोटोग्राफर बर्गरले तीस वर्षयता खिचेका दोलखा र आसपासका तस्बिर राखिएका छन् ।

कठैबरा, कठाङग्रिएछ यो काठमाण्ठौं

– मोहन चापागाई ए दाइ। एक रुपिंया दिनुस्न । जय शम्भो। दया गर शम्भो ।। ए दाई अलि पर सर्नुस्न भन्या । पैसा भए पो किन्नु । नसक्नेले किन सोध्नु ? काठमाडौं देशको राजधानी । काठमाडौं काठमहलदेखि कठघरासम्म पुगिने ठाँउ । स्वर्ग देखि नर्क, मसलादेखि मसाजसम्म पाइने ठाउ । राजादेखि रंक, रोगीदेखि भोगी, जोगीदेखि शौखि, [...]

विद्यालय बनाउन बालुवा नबोकेको भन्दै प्रधानाध्यापकले छात्रा कुटे

दोलखा, चैत्र ४ – विद्यालय बनाउन बालुवा बोक्न खटाइएका विद्यार्थी खोलानजिक खेलेर बसेको झोकमा प्रधानाध्यापकले आँखाको डिलमा चोट लाग्नेगरी कुटपीट गरेका छन् । सुनखानी गाविसस्थित ताम्रकोशीका निमाविका प्रअ भरतसिंह शिवाकोटीले भारी बोक्ने नाम्लोको डोरीले कुटेको मध्य सुस्मिता शिवाकोटीको दाहिने आँखाको डिलमा चोट लागेको छ । नाम्लोको डोरीले हिर्काएपछि अर्धमुर्छित १३ वर्षीया सुस्मितालाई पुनः बालुवा बोक्न [...]

मलेसियामा सास्कृतिक धमाका २०६८ हुने

नेपाली नया वर्ष २०६८ को अवसर पारेर प्रबासी मगर संघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलान स्थित बन्दरबरु निलाईमा सास्कृतिक धमाका २०६८ आयोजना हुने जानकारी दिएका छन् । मलेसियाको निलाई शहरमा नै पहिलो पल्ट सास्कृतिक धमाकाआयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । सास्कृतिक धमाकाको लागि कलाकारहरु भने प्रबासमा नै काम गर्ने प्रबासी कलाकारहरु [...]

धन कमाउने सपना गजल संग्रह बिमोचित

काठमाडौं । अनाममण्डली बाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” द्घारा लिखित धन कमाउने सपना नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो ।  अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतीत्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्घय गजलकार प्राज्ञ बूँद राणा, साहित्यकार धनराज गिरि, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु [...]