दोलखा शहर बजारमा अवस्थित श्री भीमेश्वर नेपाल अधिराज्यमा प्रख्यात छ । त्रिभूज आकारको अमूर्त कालो शिला मुर्तिलाई मीमेश्वर, भीमसेन या भैरवको रुपमा पुजिन्छ । त्यसैले एक शिला तीन अबतार मानिएको छ । कसै कसैले यहि मुर्तिलाई नै देवी भगवतीको रुपमा पनि मानेको छ । शिवको अर्को रुप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रुपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रुपमा वली पूजा समेत गरिन्छ । यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा -याकर पूजा) समेत गरिने परम्परागत चलन छ ।
भीमेश्वरको पूजाको लागी गुठीको व्यवस्था भएको छ । जसमा ४ गुठीयार र ४ टहलुवाहरु छन् । गुठीयारको काम नियमित रुपमा राकिय -रासपूजा) पूजा, चाडपर्व अनुसारको विशेष पुजा गर्नू हो भने टहलुवाहरुको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो ।
यो भीमेश्वर भीमसेनको मुर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन । वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरुको नाम लिने चलन छ । जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्री ५ महाजारधिराज समेतको नाम लिने गरिन्छ । महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ । भीमसेनको मूर्तिको साथै दाया तर्फ आमा कुन्ति , बाया तर्फ पत्नी द्रौपति र यस पछिको दाया वाया उत्तर दक्षिणमा भाई नहकुल सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ । पाँच पाण्डव मध्येका युधिष्ठीर र अर्नुनको भने नाम निसाना छैन । भीमसेन वीर, साहसी, बलवान अन्याय अत्याचारको विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पूँजि आएको हुन सक्छ ।
पाँच पाण्डवहरु गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाडामा बसी श्री गौरी शंकरको प्राथना गरेका थिए भन्ने भनाई पनि छ । कालान्तरमा भरियाहरुले भात पकाउनको लागि २ गोटा ढुЄगा खोजी ल्याई यही त्रिभुजमा जोडी चुलो वनाए । भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले पनि उसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रति तरल पदार्थ वनेको देखि १२ जना भरियाहरु डराई यो साक्षत भगवान रहेछ भनि माफी मागी पूजा गरि आरूनो बाटो लागेछन् भन्ने किम्वदन्ति पनि छ । २०३०।३१ साल सम्म सुनखानीका १२ भरियाका सन्तानहरुले प्रत्येक बडा दशैको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो । पछि जनसाधारण देखि राजा महाराजाहरुले पनि पूजा गरि जग्गा जमिन गुठी राखेको र सुनचाँदीका गहना समेत चढाएको देखिन्छ । बडा दशै, चैते दशै , कार्तिकमा महास्नान पूजा, भमि एकादशी, शिवरात्री, रक्षा बन्धन, आदि पर्वहरुमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका थमा, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ ।
भीमसेनलाइ व्यापारीहरुको इष्टदेवको रुपमा पनि पुजिन्छ । उहिले र अयहले पनि व्यापार गर्न पहाड डाडा नदि नाला भएर जानुपर्ने र चोर डाका जीव जन्तुको भय हुने भएकोले भीमसेनलाई सम्भिm पुकार गरेमा संकटबाट मुक्त पाइने भएकोले र नोक्सान नभई नाफा नै हुने भएकोले व्यापारी वर्गहरुले भीमसेनलाई इष्टदेवको रुपमा मानेका हुन सक्छ ।
श्री भीमेश्वर, भीमसेनलाई भविष्य सूचकको रुपमा पनि मानिन्छ थाहा भए सम्म वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको थियो । यी सालहरुमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा के कस्तो घट्ना भयो सवैलाई थाहा भएकै कुरा हो । हाल २०६१ साल जेठ ८ गते विहान ५ः३० बजे देखि ५।६ घण्टा सम्म पसिना आएको खवर पत्र पत्रिकामा छापियो ।
जेठ ९ गते पनि विहान पसिना आएको खवर टेलीफेन मार्फत दोलखाबाट काठमाण्डौ बसेकाहरुलाई जानकारी गराउनुको साथै पत्र पत्रिका एफ. एम मा समेत प्रचार प्रसार भयो । स्थानीय व्यक्तिहरुले जानकारी दिए अनुसार जेठ ९ गते भीमसेन पूर्तिमा मात्र होइन भीमसेन मन्दिर नजिकैको कालिको मूर्तिमा, गणेश मुर्तिमा, श्याम सुन्दर टोलको नारायण मूर्तिमा र राइती -राजहिटी) तिनधारा स्थित नारायण मूर्तिमा समेत पसिना आएको थियो ।
दोलखा बासी एक महिला साझतिर कालि मन्दिरमा पसी देशको बारेका बकेको भन्ने पनि सुनियो भने त्यहि दिन त्यहि बेला रानी दरवार वाहर टोल निवासी एक युवक पनि काम्र्दै बकेको थियो भन्ने कुरा पनि सुनियो । यसरी श्री भीमसेन मूर्तिमा पसिना आउदा पसिना पुछेको कपास राजदरबार पठाउने र त्यहाबाट बलि पूजा पठाउने चलन छ भन्ने स्थानिय व्यक्तिहरुको भनाई छ । हालसाल पसिना आउदा पनि शाही सैनिक , प्रहरी दल तथा द्धाल्खा गुडीबाट समेत देश नरेश र जनतालाई केही नहोस विध्न बाधा नपरोस भनि शान्तिको कामना गरि रुदि्र र वली पूजा समेत भैसकेको भन्ने पनि सुनियो ।
अहिले अन्यौल ग्रस्त अवस्थामा ग्रसित भएभित भएको बेला श्रीभीमसेनमा पसना आउनाले आम जनता भयभित हुनुको साथै भोलि के हुने हो भनि दोलखा वासी झन चिन्तित छन् ।
यस्तो भयभित अवस्थामा शान्तिको कामना गरि श्रीभीमेश्वर तथा अन्य देव देवीहरुमा पूजा अर्चना गर्नु स्वभाविक हो । श्री भीमेश्वरले सवैलाई सधै क्षमा गरुन भन्ने हार्दिक कामना गर्दछौ ।
Article By: -
DOLKHA, INTRODUCING. Proud to Be Dolkhali
http://www.facebook.com/visitdolakha




Posted in 













how is dolkha bhimshen from kathmandu?
how far is dolkhabhimshen from kathmandu as we are thinking to visit.