Archive for August, 2010

आज पुस्तकालय दिवस

काठमाडौ। सूचना, ज्ञान र सीपका लागि पुस्तकालय भन्ने नाराका साथ आज नेपालमा पुस्तकालय दिवस मनाइँदैछ । विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहका पालामा पण्डित केदारनाथ झालाई हनुमानढोका दरबारका पुस्तकको सुरक्षा गर्न जिम्मा दिइएको पत्रका आधारमा तीन वर्षअघिदेखि सो दिन नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।

पूर्व युवराज्ञी हिमानी दोलखामा

दोलखा, भाद्र १४ – पूर्व युवराज्ञी हिमानी शाह औपचारिक कार्यक्रममा सहभागी हुन सोमबार साँझ दोलखा आएकी छन् । बालबालिकालाई सहयोग गर्न र खानेपानीको आयोजनाको सामाग्री वितरण गर्न दोलखा आएकी उनी चरिकोटस्थित पानोरोमा होटलमा विश्राम गरी मंगलबार विहानैदेखि कार्यक्रममा सहभागी हुने छिन् ।

दोलखामा कुमारी भैरव जात्रा

–यज्ञकुमार प्रधान (दोलखा) सत्ता कुर्सीको लागि वाक युद्ध, ध्वंसात्मकयुद्ध अहिले मात्र होइन पौराणिक कालमा पनि बराबर हुने गर्दथ्यो भन्ने कुरा हिन्दु ग्रन्थ पुराणहरूबाट थाहा पाइन्छ । देवगण र असुरगणको युद्ध वर्णन ग्रन्थको आधारमा हाम्रो धर्म, संस्कृति र जात्रा पर्व चलिरहेको छ । दोलखामा यही गन्थको आधारमा केही जात्रा पर्व वाषिर्क रूपमा सञ्चालन भइरहेको छ त्यसमध्ये [...]

बेपत्ता पारिएका व्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ । शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ ।

गौरिशंकर हिमाल

दोलखाको सदरमुकाम चरिकोटबाट देखिएको गौरिशंकर हिमालको दृश्य ………….

नेपाली समावेशी महिला पर्वतारोही टोली रूसको एल्ब्रुस हिउँचुलीतर्फ

मस्को । रूस महासंघको सर्वोच्च हिमशिखर एल्ब्रुस आरोहण गर्ने उद्देश्यले ‘एजुकेशन फर एक्सन : एभरेष्ट ओमेन सेभेन समिट्स एक्सन’ को प्रतिनिधित्व गर्दै शैली बस्नेत (काठमाडौं) को संयोजकत्वमा सगरमाथा-विजेता ९ जना महिला टोली २४ अगस्त २०१० मङ्गलवार रूसको राजधानी मस्को आइपुगेको छ ।

विद्यालयमै बेहोस्/बालकको स्वदेशमा उपचार नहुने

दोलखा, भाद्र ११ – विद्यालयमा वेहोस भएका एक बालक उपचार नपाएर एक वर्षेदेखि थलिएका छन् । भीमेश्वर नगरपालिका- ९ मथानीका मनिस सुवेदी पढ्ने उमेर ओछ्यानमा विताउन बाध्य छन् । स्कुल पढ्न जाँदा एक्कासी वेहोस भएका उनको स्वदेशमा उपचार सम्भव नभएकाले उपचारमा गाह्रो भएको चिकित्सकहरुले जनाएका छन् ।

Everest Women’s 7 Summit Team : PRESS RELEASE

EVEREST WOMEN’S SEVEN SUMMITS ECO-ACTION In July 2010 a team of nine Nepali women will begin the first international leg of a tour that will see them climb seven of the highest peaks on each of the seven continents. On successfully climbing all seven summits they will be setting a world record for being the [...]

दोलखामा हिजो देखि भैरब–कुमारीको जात्रा शुरु

दोलखा / परम्परा अनुसार यस बर्ष पनि हिजो २०६७ भदौं १० गते राती देखि भैरब–कुमारीको जात्रा भीमेश्वर नगरपालिका वडा नं २, टसिचा टोल बाट शुरु भयो।

दुर्घटना जाँच आयोग गठन

काठमाडौँ । नेपाल सरकारले अग्नि एयरको विमान दुर्घटनाको जाँचका लागि उड्डयन विज्ञ कुमारप्रसाद उपाध्याय -चालिसे) को संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।