अध्यक्ष रामेश्वर मानन्धर सहित पुरै प्यानाल निर्वाचित

– प्रलाद आचार्य

बैसाख ३१। दोलखा । दोलखा उद्योग वाणिज्य संघको १९ औ अधिवेशबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष रामेश्वर मानन्धर सहित पुरै प्यानाल निर्वाचित भएको छ । हिजो राती अबेर सकिएको मतगणना अनुसार आफ्ना प्रतिद्धन्दी शिवजी राउतको प्यानल समुहलाई पराजित गर्दै मानन्धर समुह निर्वाचित भएको हो ।

डा.भानु श्रेष्ठलाई मानार्थ नागरिकताद्वारा सम्मान्

कोरिया । हाल द्क्षिण कोरिया, सौल स्थित क्वाङ्वून युनिभर्सिटीमा प्राध्यापकको रुपमा कार्यरत डा.भानु श्रेष्ठलाई सङ्बुक्–गु छङ (Seongbuk District Office, Seoul) को मेयर किम यङ बेले सङ्बुकको मानार्थ नागरिकताद्वारा सम्मान गरेको छ । मे ७ मा भएको उक्त सम्मान कार्यक्रम सङ्बुक महोत्सब् 2012 को अबसरमा गरिएको थियो ।

कवि भोजराज न्यौपानेको एकल कविता वाचन सम्पन्न

भोजराजसंग कफि र कविता
बैशाख २५ । दोलखा । दोलखाका युवा कवि भोजराज न्यौपानेले सदरमुकाम चरिकोटमा पहिलो पटक आज एकल कविता बाचन कार्यक्रम आयोजना गरेका छन् भोजराजसंग कफि र कविता नामबाट । विष्णुलक्ष्मि साहित्यीक पुरस्कार समितिले आयोजना गरेको कार्यक्रममा कवि न्यौपानेले १ दर्जनभन्दा वढि कविता वाचन गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले ट्राफिक नियममा कडाई

दोलखा । बैशाख १७ । ट्राफिक व्यवस्थापनको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले निर्धारित मानिसको सङख्या र मालसामान को वजन भन्दा वढी राखेमा एक हजार सम्म जरिवाना गर्ने जनाएको छ ।

स्थानीय प्रशासनले चासो नदेखाएको संरक्षण क्षेत्रको आरोप

रामेछाप । बैशाख ६ ।गौरीशङ्कर संरक्षण क्षेत्र भित्र रहेको रामेछाप जिल्ला गुम्देल गाविस वडा नम्बर ९ सेर्दुङ जङ्गलबाट अबैध रुपमा ४ सय भन्दा बढी रुख फडाँनी गरी तस्करी गर्न लागेको तथा संरक्षण क्षेत्रको शिवालय स्थित पर्यटन सूचना केन्द्र र चेक पोष्टमा तस्करीमा संलग्न व्यक्तिहरुले तोडफोड गरी तालाबन्दि गरिदिएको भएपनि दोषिहरुलाई कार्वाहि गर्नेकुरामा रामेछापको स्थानिय प्रशासनले चासो नदेखाएको आरोप संरक्षण क्षेत्रले लगाएको छ ।

*** गजल ***

– रामकृष्ण पौडेल “अनयास”
लाजको तिम्रो गहना लाई किन राख्छ्यौँ लुकाएर
कति चढ्य़ो बैँश अब हेर्छु चोली फुकाएर ।

भरिएको यौवनमा बैँश आज चढ्दा खेरी
यो उमेरमा लाग्ने प्यास, बस्छ्यौँ कति सुकाएर ।

मच्छर

– आर.बी.बस्नेत “ब्रम्हश्री”
मैले कविता लेखे
मैले कविता देखे
मैले कविता अनुभव गरे
मैले कविता रचे
के हो सत्य
कविता लेख्दा लेख्दै
कविलाई मच्छरले टोक्यो

भर्ना शुल्क वृद्धि गरेको भन्दै विद्यालयमा तालाबन्दि

बैशाख ४ । रामेछाप । रामेछापको तिल्पुङ गाविस वडा नं ५ स्थित नवदर्शन उच्च माविमा नयाँ भर्नामा शुल्क बृद्धि गरेको भन्दै विद्यार्थीहरुले ताला लगाएको छ ।कक्षा ६ देखि १० सम्म गत वर्षको भन्दा यो वर्षको भर्ना शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा ताला लगाएको बताएको छ ।

‎***-गजल-***

– रामकृष्ण पौडेल “अनयास”
मैले दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौँ भने
मोरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौँ भने ।

आज एकिकृत नेकपा माओवादी पत्रकार सम्मेलन

दोलखा । चैत्र २९ । एकिकृत नेकपा माओवादी दोलखाको हिजो बसेको बैठक गरेको ५ वुदे निर्णयको आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।नेपाली क्रान्तिलाई अघि बढाउन तत्कालिन रुपमा शान्ती र संविधानको कार्यदिशा अवलम्वन गर्नुको विकल्प नभएको निष्कर्ष प्रति सर्वसम्मत हुदै त्यस अनुरुप आम पार्टी पंक्ति र जनसमुदाय समेतलाई परिचालन गर्ने गरी सम्पुर्ण जिल्ला पार्टी कमिटी कार्यक्षेत्रमा खटने, १४२ औ लेलिन जयन्ती एंवम पार्टी स्थापना दिवसको अवसर पारी नेपाली कम्यनिष्ट आन्दोलन र कार्यदशाको प्रश्न विषयक कार्यपत्र माथी बृहत अन्तक्रिया गर्ने लगायतका ५ वुदे निर्णय गरेको छ ।